१९ बैशाख २०८१, बुधबार
Follow Us

अमिताभ बच्चन अस्पताल भर्ना

नेपालब्रिटेन संवाददाता
२ चैत्र २०८०, शुक्रबार १३:२७

काठमाडौं । बलिउडका सुपरस्टार अमिताभ बच्चन अस्पताल भर्ना भएका छन । आज शुक्रबार बिहान मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यम हरुले जानकारी दिएका छन ।

८१ वर्षीय अमिताभको एञ्जियोप्लाष्टी शल्यक्रिया गरिएको छ । बिहान उनी उच्च सेक्युरिटीको साथ अस्पताल पुगेका थिए । खबरहरूका अनुसार अभिनेताको काँधमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

उनको टिमले यो खबरको पुष्टि भने गरिसकेको छैन । तर उनको अवस्था स्थिर रहेको बताइएको छ । हालैका दिनमा अमिताभ स्वास्थ्यका कारण चर्चामा छन् । केही दिन अघि उनको खुट्टामा चोट लागेको बताइएको छ ।

यस्तैमा उनी अस्पताल भर्ना भएको खबर आएको हो । यही अड्कलबाजीबिच अमिताभले सामाजिक सञ्जाल एक्समा रहेको आफ्नो ह्यान्डलबाट एउटा ट्विट गरेका छन् । यसमा लेखिएको छ, ‘तपाई सबैलाई धेरै धन्यवाद ।’ उनले यो पोष्ट शल्यक्रिया पछि शुभचिन्तकहरूलाई आभार गर्दै गरेको अनुमान गरिएको छ ।