१६ बैशाख २०८१, आईतवार
Follow Us

गृहले किन गठन गर्‍यो फेरि अर्को सुन तस्करी छानबिन समिति

नेपालब्रिटेन संवाददाता
११ चैत्र २०८०, आईतवार ०६:२९

काठमाडौँ । सुन तस्करी प्रकरणको अनुसन्धानमा गम्भीर लापरबाही गरेको आरोपमा कारबाही सिफारिस भएका प्रहरीलाई कारबाही गर्न गृह मन्त्रालयले अर्को समिति बनाएको छ ।

कारबाही सिफारिसमा परेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालमाथि थप छानबिन र कारबाहीका लागि अर्को समिति बनाइएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको छ । समितिमा रिजालसँगै नेपाल प्रहरीका डीआईजी भीमप्रसाद ढकाल र गृह मन्त्रालयकै प्रहरी प्रशासन शाखाका उपसचिव रामबहादुर शाही छन् ।