२६ बैशाख २०८१, बुधबार
Follow Us

श्री एयरलाइन्सले एक साथ थप्यो दुई जहाज

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०८०, मंगलवार १३:४१

काठमाडौं । निजी लगानीको श्री एयरलाइन्सले एक साथ दुई जहाज थपेको छ । कम्पनीले ८० सिट क्षमताका दुई जहाज मंगलबार काठमाण्ठडुमा अवतरण गराएको छ।

नाइनएन–एओके र नाइनएन–एओएल जहाज क्यानडामा निर्माण भएको कम्पनीले जानकारी दिएको छ । यी जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो ।

श्री एयरलाइन्सका पाइलटले अमेरिकाको पोर्टल्याण्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजबे, आइसल्याण्डको केफलामिक, जर्मनीको म्युनिक, इजिप्टको काइरो, संयुक्त अरब इमेरिटसको दुबई तथा भारतको इन्दौर हुदै जहाजहरु काठमाडौं ल्याइएको हो ।

अमेरिकाबाट २५ घण्टाको उडानपछि यी जहाज काठमाण्डु ल्याइएको कम्पनीले जानकारी दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रक्रिया पुरा गरी यी विमान श्री एयरलाईन्सले आफ्ना आन्तरिक उडानमा लगाउने भएको छ ।

श्रीले सन् २०१७ देखि ५० सिट क्षमताको २ वटा सीआरजे २०० तथा ७० सिट क्षमताको २ वटा आर जे ७०० जेट विमानबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन थालेको हो ।