१५ बैशाख २०८१, शनिबार
Follow Us

हटाइयो काठमाडौँ उपत्यकाका १०८ जना घुमुवा प्रहरी

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०८०, शुक्रबार १३:३७

काठमाडौँ । काठमाडौँ उपत्यकामा खटिएका १०८ जना घुमुवा (सादा पोसाकका) प्रहरी हटाइएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि उनीहरूलाई हटाइको हो । गृहमन्त्री लामिछानेले बिहीबार निर्देशन दिएपछि प्रहरी हेडक्वाटरले सादा पोसाकका प्रहरीलाई हटाउन परिपत्र गरेको थियो ।

हेडक्वाटरको परिपत्र पछि १०८ जना सादा पोसाकका प्रहरीलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका एसपी अवदेश विष्टका अनुसार तीन वटै परिसर, वृत्तहरू, ट्राफिक, विमानस्थल प्रहरी गरी १०८ सादा पोसाकका प्रहरीलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको हो ।

तत्कालका लागि उनीहरूलाई हटाइएको हो । तर, अत्यावश्यक कामका लागि सादा पोसाकका प्रहरी आवश्यक पर्ने गर्दछ ।