१३ श्रावण २०८३, बुधबार
Follow Us

सभापति रविले डाकेको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन गएनन्

नेपालब्रिटेन संवाददाता
१३ श्रावण २०८३, बुधबार ०५:५९

काठमाडौं । सुनसरीमा भएको घटनापछि विकसित परिस्थितिबारे साझा धारणा बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वान गरेकाे बैठकमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र गृहमन्त्री सुधन गुरुङ भने सहभागी भएनन् । सरकारको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले सहभागी थिए ।

सुनसरी घटनापछि सरकारको भूमिकामाथि आलोचना भइरहेका बेला राजनीतिक दलहरूबीच संवाद र सहमति निर्माण गर्ने उद्देश्यले बैठक बोलाइएको हो ।
तराई–मधेशका विभिन्न जिल्लामा प्रदर्शन जारी रहेका बेला सरकारका प्रमुख जिम्मेवार दुई व्यक्ति बैठकमा अनुपस्थित रहेपछि त्यसले थप चर्चा पाएको छ ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाहलमा जारी बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राप्रपा सांसद खुश्बु ओली, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेता सहभागी थिए ।

धेरै पढिएको