२० बैशाख २०८१, बिहीबार
Follow Us

सुनिल र विकल पौडेलमाथि अनुसन्धान गर्न २१ दिन म्याद थप

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०८०, आईतवार १४:२७

काठमाडौँ । गैरकानुनी सम्पत्तिआर्जनको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप २१ दिन थुनामा राख्न अनुमति दिएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सुनिल र विकललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ १० गते पौडेलद्वयलाई पक्राउ गरेको हो । सुनिल पौडेल नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक हुन् भने विकल पौडेल सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक हुन्।

गत माघ ११ गते विशेष अदालतले पौडेल द्वयमाथि थुनामा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद दिएको थियो भने फेरि पनि म्याद थप गरिएको छ। विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार पौडेलद्वयलाई थुनामा राखेर अनुसन्धान गर्न आइतबार थप २१ दिनको म्याद दिइएको हो।