२० बैशाख २०८१, बिहीबार
Follow Us

उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले भुपूगोर्खाहरुलाई सम्बोधन गर्ने

नेपालब्रिटेन डट कम्
१९ चैत्र २०८०, सोमबार १२:४१

लण्डन । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भुपूगोर्खाहरुलाई सम्बोधन गर्ने भएका छन् ।

श्रेष्ठले गैरआवासीय नेपाली संघको वेल्फेर अफ गोर्खा विभाग र एनआरएनए यूकेको संयुक्त आयोजनामा अप्रील १४ तारिख हुने विशेष समारोहलाई सम्बोधन गर्ने भएका हुन् ।
गैरआवासीय नेपाली संघको वेल्फेर अफ गोर्खा विभागका संयोजक चन्द्र गुरुङका अनुसार दशकौ देखि न्यायको पक्षमा लडिरहेका गोर्खा योद्धाहरुको उच्च समानको लागि सो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसीको समेत सहभागीता रहने संघले जनाएको छ ।

कार्यक्रममा भूपुगोर्खाको समान पेन्सन, गैरआवासीय नेपाली नागरिकता र बंशजको नागरिक निरन्तरता बारेमा छलफल हुनेछ । कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य लगायत सामाजिक संघसँस्थाका प्रतिनिधिहरुले समेत सम्बोधन गर्ने भएका छन् ।