२० बैशाख २०८१, बिहीबार
Follow Us

दुई छोरा वैदेशिक रोजगारीमा, दम्पती घरभित्रै मृत फेला

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०८०, मंगलवार १३:५८

काठमाडौं । पर्वत जिल्लाको जलजला गाउँपालिका–२ मा श्रीमान–श्रीमती मृत भेटिएका छन । वडाअध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घरभित्रै मंगलबार बिहान मृत फेला परेको जानकारी दिएका छन ।

६९ वर्षीय सूर्यबहादुर घर्ती क्षत्री र उनकी श्रीमती ६७ वर्षीया कमला घर्ती क्षत्री घरभित्रै मंगलबार बिहान साढे ९ बजेतिर मृत भेटिएका हुन् । उनीहरूको हत्या भएकोजस्तो देखिएको वडाध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले बताए ।

उनले भने, ‘घटनास्थल हेर्दा कसैले हत्या गरेको जस्तो देखिन्छ ‘घटनास्थल रगताम्मे छ ।’ घरमा दुई जना मात्र बस्ने गरेको खुलेको छ । मृत भेटिएका दम्पतीका दुई छोरा वैदेशिक रोजगारीमा कोरियामा रहेको र एक छोरा म्याग्दी छन् ।

प्रहरी टोली घटनास्थलमा आएर अनुसन्धान सुरु गरेको उनले जानकारी दिएका छन ।