२० बैशाख २०८१, बिहीबार
Follow Us

कुवेतमा अलपत्र परेका नेपालीको उद्धारमा एनआरएनएको पहल

नेपालब्रिटेन डट कम्
२१ चैत्र २०८०, बुधबार ०७:२६

लण्डन । कुवेतमा विविध कारण जेल परेर कानूनी उपचार पाइसक्दा समेत केही टिकट काट्ने पैसा नभएर स्वदेश फर्कन नपाएका नेपाली कामदारहरुलाई नेपाल फर्काउन गैरआवासीय नेपाली संघले पहल सुरु गरेको छ । नेपालका लागि अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) प्रमुख हेलेन फोर्ससँग भेटेर संघका अध्यक्ष डा बद्री केसीले पैसाको अभावमा नेपाल फर्कन नपाएका नेपालीको उद्धारका लागि सहयोग र सहकार्य गर्न आग्रह गर्नुभएको हो ।

मिति २०८० चैत्र २० गते संघको सचिवालयमा आमन्त्रण गरी आइओएम प्रमुख फोर्सलाई संघको तर्फबाट सो आग्रह गर्नुभएको हो । अध्यक्ष डा केसीले भन्नुभयो, ‘ कुवेतमा रहेका कामदारहरु जसले एम्नेस्टी प्राप्त गरेता पनि टिकेट काट्ने पैसा नहुनेलाई कसरी नेपाल ल्याउन सकिन्छ तर त्यसमा यहाँहरुको सहयोग महत्वपूर्ण हुनसक्छ ।’

जवाफमा ओइओएम प्रमुख फोर्सले आफूहरुले पनि आप्रवासी कामदारका लागि काम गर्दै आएको स्मरण गराउँदै संघको तर्फबाट गरिएको आग्रहलाई सकारात्मक रुपमा लिएको र छिटै योजना बनाएर अघि बढ्न सक्ने बताउनुभयो ।

उक्त छलफलमा संघले गर्दै आएका मुख्य गतिविधिहरुका बारेमा पनि छलफल भएको थियो । साही क्रममा अध्यक्ष डा केसीले संघले आगामी २९ र ३० जुन २०२४ मा हुने पहिलो गैरआवासीय नेपाली महिला सम्मेलनमा संघ तथा आइओएमले सहकार्य गरी अघि बढ्न प्रस्ताव गर्नुभयो । ओइओएम प्रमुख फोर्सले डा केसीको प्रस्तावमा आफु रहेको सकारात्मक बताउनुभयो ।