११ श्रावण २०८१, शुक्रबार
Follow Us

‘गोर्खा कप’ मे अन्तिम साता हुने

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०८०, आईतवार १०:३१

लन्डन । तमुधिं यूकेले वर्षेनी गर्दै आएको बेलायतकै सबैभन्दा ठूलो नेपाली इभेन्ट ‘गोर्खा कप’ आउँदो मे २६ तारिख क्वीन्स एभ्न्यू, अल्डरसट ग्यारिजन स्पोर्टस सेन्टरमा हुने भएको छ ।

आयोजक तमुधिं यूकेका अनुसार सो खेलमा सहभागी हुन चाहने टिमको दर्ता प्रकृया  १४ अप्रिलबाट सुरु गरिने छ ।

१० औं हजारले अवलोकन गर्ने यूकेको सबैभन्दा ठूलो फुटबल प्रतियोगितामा बेलायतका विभिन्न शहरबाट नेपालीहरुको उपस्थिति हुने गर्दछ ।

बेलायती नेपाली डायस्पोराको सबैभन्दा वृहत इभेन्ट गोर्खा कपले नेपाली युवा खेलाडीलाई अवसर प्रदान गर्नुका साथै नेपाली कला, संस्कृति, खाना, वेशभूषाको समेत प्रवर्धन गर्ने परम्परा रहेको छ । हाल सम्म १५० वटा स्टलहरु बुकिंग भएका छन् ।

गोर्खा कपमा खाना तथा हस्तकलाका स्टल, प्यारा डिस्प्ले, राफल ड्र, सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण हुने गरेका थिए ।

तमुधिं यूकेको मिडिया संयोजक एसके गुरुङका अनुसार यसपटक ५० वटा मुख्य टीमबीचमा खेल हुनेछ, जसमा महिला २, ३२ वटा युथ र १६ वटा भेट्रान टीम रहने छन् ।