२२ बैशाख २०८१, शनिबार
Follow Us

राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज निर्वाचन

नेपालब्रिटेन संवाददाता
२८ चैत्र २०८०, बुधबार ०७:१०

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा उपाध्यक्ष पदका लागि मतदान हुन लागेको हो । यसका लागि २ जना उमेद्वारहरु प्रतिश्पर्धामा छन।

सत्ता गठबन्धनको तर्फबाट बिमला घिमिरे र नेपाली काँग्रेसबाट बिष्णुदेवी पुडासैनीबीच चुनावी प्रतिश्पर्धा हुनेछ । राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, जनमोर्चा, लोसपा र मनोनित १-१ सांसद रहेका छन ।