१८ बैशाख २०८१, मंगलवार
Follow Us

बेल्जियममा मनाइयो ‘चैते दशैं’ (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
४ बैशाख २०८१, मंगलवार १९:१०

लण्डन । बेल्जियमस्थित नेपाली समुदायले चैते दशैं मेला मनाएका छन् । क्षेत्री समाज बेल्जियम र बाग्लुङ समाज बेल्जियमले संयुक्त रुपमा आयोजनामा लुभेन शहरमा आयोजित एक समारोहका बीच मंगलवार मेला आयोजना भएको हो ।

मेलाको उद्धघाटन बेल्जियमका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारी, एनआरएनए बेल्जियमका पूर्वअध्यक्ष गंगाधार गौतम र आयोजक संस्थाका अध्यक्ष दिपक कार्की र महेन्द्र पन्तले संयुक्त रुपमा गरेका थिए ।

नयाँ बर्षको अवसर समेत पारेर आयोजित मेलामा नेपाली प्रख्यात गायिका प्रिती आले, गायक तुलसी सिवाकोटी, लाहुरे कान्छा लगायतको प्रस्तुती दिए ।

कार्यक्रममा लुभेन नगरपालिकाका मेयर मोहम्मद रुद्वानी, उपमेयर दिर्क भानसिना र बेनेलक्स र युरोपियन युनियनका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीले शुभकामना मन्तव्य दिए ।

करिब ४ सय जना नेपाली सहभागी रहेको सो कार्यक्रममा गायिका आलेले खुर्सानी डल्ले, बुट्टा रैछ खुर्पेटो, साढे गोरु, लगायका ब्याटल, दोहरी र लाहुरे कान्छा तथा शिवकोटीले बिभिन्न नेपाली रिमिक्स गीतको प्रस्तुती दिए ।

गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव रुविना शर्माले मेला उत्साहजनक रुपमा सम्पन्न भएको जानकारी दिइन् ।

बेल्जियममा सक्रिय नेपाली संघ संस्थाका पदाधिकारीहरु अतिथि रहेको सो कार्यक्रममा बाग्लुङ समाजका अध्यक्ष महेन्द्र पन्तले नयाँ बर्षको शुभकामना मन्तव्य दिए ।

बाग्लुङ समाजका महासचिब प्रभात पौडेलले संचालन गरेको कार्यक्रममा बेल्जियमस्थित बिभिन्न संघसँस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रममा बालकलाकार गिरिसा पौडेलले आफ्नो नृत्य प्रस्तुत गरिन् ।