१४ असार २०८१, बिहीबार
Follow Us

एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने

नेपालब्रिटेन संवाददाता
७ बैशाख २०८१, शुक्रबार १४:०७

काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनलमा आयोजक ओमान र युएई खेल्ने भएका छन् । शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा ओमानले हङकङलाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

हङकङले दिएको १३१ रनको लक्ष्य पछाएको ओमानले १९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि हङकङले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३० रन बनाएको थियो ।

यस अघि पहिलो सेमिफाइनलमा युएईले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।

फाइनल खेल आइतबार नेपाली समय अनुसार ४: १५ बजेदेखि शुरु हुने छ । फाइनलको विजेताले २०२५ मा हुने टी-२० एशिया कप खेल्न पाउने छ ।