२ जेष्ठ २०८१, बुधबार
Follow Us

घुस रकमसहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर

नेपालब्रिटेन संवाददाता
१७ बैशाख २०८१, सोमबार ०९:३६

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ का वडाध्यक्ष उजेर अलीविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनलाई अख्तियारले गत चैत १८ गते १५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको थियो ।

सेवाग्राहीको घरबाटो सिफारिस दिने नाममा घुस मागेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले वडाध्यक्ष अलीलाई रकमसहित पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनका अनुसार पक्राउ परेका। अलीलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद सजाय तथा बिगो जरिवाना माग गरिएको छ ।