९ असार २०८१, शनिबार
Follow Us

अफगानिस्तानमा भीषण बाढी, ६० जनाको मृत्यु, सयौं बढी घाइते

नेपालब्रिटेन संवाददाता
२९ बैशाख २०८१, शनिबार ०६:४०

अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको भीषण बाढीमा परी ६० जनाको मृत्यु भएको छ । बाढीकै कारण १ सय जनाभन्दा बढी घाइते भएको तालिवान अधिकारीहरूले बताएका छन् । भारी वर्षापछि बाघलान प्रान्तका पाँच जिल्लामा कयौं मानिस बेपत्ता छन् ।

अझै भारी वर्षा र हावाहुरीको पूर्वानुमान गरिएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । सम्भावित क्षतिबाट बच्न प्रभावित क्षेत्रका सर्वसाधारणलाई सचेत गराइएको छ ।

सामाजिक संजालमा सार्वजनिक भएका तस्वीरहरुमा धेरै गाउँमा बाढी पसेको छ । घरहरु ढुवानमा परेका छन् । बाढीले गाउँमा विनास लिला नै निम्त्याएको छ ।

अप्रिलयता परेको भारी वर्षाकै कारण १ सय जनाभन्दा बढीको ज्यान गइसकेको अधिकारीहरुले बताएका छन् । अफगानिस्तानमा केही हप्तायता असामान्य वर्षा भइरहेको छ ।