काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले अभियन्ता ईंः ले उठाएका माग पूरा गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । उनले ईंः का नाममा सामाजिक सञ्जालमा खुलापत्र लेख्दै आफ्नो प्रष्टीकरण दिएका हुन् ।
ईंले कतैबाट परिचालित भएको भनेर उनले उठाएका मागहरूलाई आफूले नपन्छाउने बालेनले बताएका छन् । आफूसँग वार्तामा बस्न आग्रह गर्दा ईंःले नमानेको दाबी पनि उनले गरेका छन् ।
‘हामीलाई थाहा छ, तपाई कोहीबाट परिचालित अथवा कुनै पार्टीबाट प्रायोजित हुनुहुन्न । कसैले यस्तो भने पनि हामी पत्याउँदैनौँ,’ बालेनले भने का छन्, ‘तपाईँले उठाएका मागहरूलाई तपाईँ परिचालित हो भनेर पन्छाउन चाहन्नौँ । तर तपाई जे कुराका लागि उभिनु भएको छ, त्यसका लागि एउटा सूचनाको हक प्रयोग गरेर पत्र दिएको भए पनि प्राप्त हुन्थ्यो । तपाईँले त्यो संस्थागत बाटो नसमात्नुमा भने दुख लागेको छ ।’