काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिकका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन् । आज (सोमबार) बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग सिंहदबारमा बालेनले राखेको बैठकमा तामाङ पनि सहभागी भएका थिए ।
बैठकलगत्तै उनलाई सिंहदरबारबााट पक्राउ गरिएको हो । अरुण अर्यालको जाहेरीले तामाङविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो ।
प्रहरी वृत्त दरबारमार्गमा दर्ता भएको उक्त मुद्दामा तामाङलाई पक्राउ गर्नका लागि सोही वृत्तले अनुमति मागेको र सोहीबमोजिम पक्राउ परेको काठमाण्डू प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए ।
हिजोमात्र काठमाण्डू जिल्ला अदालतबाट प्रहरीले तामाङलाई पक्राउ गर्न अनुमति लिएको थियो । ४३ वर्षीय तामाङ काठमाण्डूको नयाँबजारमा ओसिन ट्रान्सपोर्ट एण्ड एडभेन्चर प्रालि नामक कम्पनी चलाउँथे ।