१२ श्रावण २०८१, शनिबार
Follow Us

फोक्सोको क्यान्सर जितेर सगरमाथा शिखरमा !

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०८१, सोमबार ०४:२०

लण्डन । गैरआवासीय नेपाली संघ यूकेका पूर्वअध्यक्ष योगेन क्षेत्रीका छोरा जोर्डनले सगरमाथाको सफल आरोहण गरेका छन् ।

फोक्सोको क्यान्सर जितेका जोर्डन क्षेत्रीले आइतबार बिहान १० बजेर ३० मिनेट जाँदा सगरमाथामा आरोहण गरेका हुन् ।

उनले १४ घण्टा लगाएर सगरमाथाको आरोहण गरेको उनका बुवा योगेन क्षेत्रीले जानकारी दिए ।

जोर्डनलाई गेल्जे शेर्पा, एड्रियाना र फुडी शेर्पाले सगरमाथा चढ्न सहयोग गरेका थिए। जोर्डनलाई सानै उमेरमा फोक्सोको क्यान्सर भएको थियो। क्यान्सर लागेदेखि नै उनलाई एक दिन सगरमाथा चढ्छु भन्ने आत्मविश्वास थियो। सोही आत्मविश्वासलेनै उनलाई आज उक्त सफलता हात परेको छ।

सगरमाथाको बेसक्याम्पमा पुगेपछि कुरा गर्दै जोर्डनले भनेका थिए, ‘सानै उमेरमा कठिन रोगबाट जुन संघर्ष मैले गरेँ। त्यतिबेला हौसलाको खाँचो थियो। मेरो जस्तै जटिल रोग बाट गुज्रिरहेकालाई मेरो सगरमाथा आरोहण प्रेरणा बनोस्।’ उनी दोस्रो पुस्ताको गैरआवासीय नेपाली हुन् ।

गैरआवासीय नेपाली संघकी पूर्वअध्यक्ष तथा जोर्डनकी नातेदार रविना थापाले सामाजिक संजाल मार्फत जोर्डनको देढ विश्वासले सगरमाथा चढ्न सफल भएको बताएकी छन् ।

‘बाबु जोर्डन तिम्रो यो सफलताले हामी सम्पूर्ण परिवार एकदमै धेरै खुशी छौं । फोक्सोको क्यान्सरसँगको कठिन लडाईंको बावजुद, तिम्रो दृढ आत्मविश्वासले यो सफलता हासिल गरेका छौ । तिम्रो विश्वासले तिमिलाई एक दिन सगरमाथा चढ्छु भन्ने आत्मविश्वासले सार्थकता पाएको छ ।’