१२ श्रावण २०८१, शनिबार
Follow Us

समाजसेवी अङकलजंग लामाको निधन

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०८१, मंगलवार १४:५२

लण्डन । बेलायतस्थित एक अग्रज तथा समाजसेवी अङकलजंग लामाको निधन भएको छ ।

प्रवासी नेपाली मंच बेलायतका अनुसार उनीको आज विहान हृदयाघातका कारण नेपालमा निधन भएको हो ।

उनी गैरआवासीय नेपाली संघ बेलायतका पूर्वउपाध्यक्ष तथा नेपाली प्रवासी मंच अन्तराष्ट्रिय कमिटिका सल्लाहकार समेत हुन् । उनका श्रीमति र २ छोराहरु छन् । उनीहरु आजै लण्डनबाट काठमाण्डौं जाने तयारीमा छन् ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिमखडाले उनको निधनमा दुःख व्यक्त गर्दै सामाजिक अभियानमा लाग्दाको दिनहरु एक पछि अर्को मानसपटलमा घुमिरहेको बताए । उनको निधनमा आफु मर्माहत भएको सिमखडाले बताएका छन् ।

यस्तै, प्रवासी नेपाली मंद्ध बेलायतका अध्यक्ष टुंगा भुषालले लामाको निधन अत्यन्त अकल्पनिय र दुःखद रहेको बताएका छन् ।