२८ आश्विन २०८२, मंगलवार
Follow Us

सन्दीपको पक्षमा फैसला आउला ?

नेपालब्रिटेन संवाददाता
२ जेष्ठ २०८१, बुधबार ०५:१६

काठमाडौँ- उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा आज सुनुवाइ हुने भएको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा हिजो मंगलबार बहस भएको र सुनुवाइ नसकिएपछि आज सुनुवाइ हुने भएको हो ।

यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो ।

धेरै पढिएको