४ असार २०८१, सोमबार
Follow Us

बढ्दै बिद्युतीय सवारी साधनको आयात

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०८१, शनिबार ०८:१०

रसुवा- चालु आर्थिक बर्ष ०८०/०८१ को दश महिनामा रसुवागढी नाकाबाट चार हजार सात सय बढी विद्युतीय सवारी साधन आयात भएका छन् । जसमा चार हजार छ सय ७९ विद्युतीय कार रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

कार्यालयका अनुसार भन्सार क्षेत्रभित्र प्रवेश गरी काठमाडौंतर्फ प्रस्थान गर्नका लागि सयौंको संख्यामा विद्युतीय सवारी साधनले प्रक्रिया गरिरहेका छन् । नेपाली व्यवसायीमार्फत नेपाल ल्याईएका विभिन्न खाले चार हजार सात सय छ वटा बिद्युतीय सवारी साधनको भन्सार प्रक्रिया पूरा गरिसकेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत राम प्रसाद पाठकले बताउनुभयो ।

नेपाल भित्रिएका ठूलो सङ्ख्यामा विद्युतीय कार र केही ठूला तथा मझौला सवारी साधन आयात हुने गरेको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी पुलबाट स्वदेश भित्रिएका हुन् ।

यसरी स्वदेश भित्रिएका सवारी साधनमा धेरैजसो इलेक्ट्रिक कार र इलेक्ट्रिक भ्यान रहेका छन् । रसुवागढी नाका हुँदै नेपाल भित्रिएका अन्य सवारी साधन भन्सार प्रक्रिया पूरा गर्न बाँकी रहेका र ती सवारी साधन हाल रसुवागढी नजिक घट्टेखोला तथा टिमुरे क्षेत्रमा राखिएका छन् ।

सरकारले पेट्रोलियम गाडीको आयातमा निरुत्साहित र विद्युतीय सवारी साधनको आयातमा प्रोत्साहन गर्ने नीति लिएसँगै विद्युतीय सवारी साधन आयात उल्लेख्य मात्रामा बढेको हो ।