१९ जेष्ठ २०८१, शनिबार
Follow Us

नाबालिका करणी गरेको अभियोगमा एक जना पक्राउ

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०८१, शनिबार ०८:१४

महेन्द्रनगर । कञ्चनपुरमा नाबालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका-५ भकुण्डाकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६१ वर्षीय रामज्ञान चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

चौधरीले ती बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई शुक्रवार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले बताए । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।