१२ श्रावण २०८१, शनिबार
Follow Us

बेलायती प्रधानमन्त्रीसंग शेल्फी लिने रहर पुरा नभए पछि …..(फोटो फिचर)

नेपालब्रिटेन डट कम्
७ जेष्ठ २०८१, सोमबार २१:४४

लण्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकले नेपाली समुदायलाई सम्बोधन गरेका छन् । नेपाल र बेलायतबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धी हस्ताक्षर भएको एक सय बर्ष पूरा भएको अवसरमा बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ्ग स्ट्रिटमा आज एक विशेष समारोहलाई सुनकले सम्बोधन गर्ने क्रममा करिब दुई सय जना नेपालीहरु भेला भएका थिए ।

अधिकांस नेपालीहरु प्रधानमन्त्री सुनकसंग फोटो खिचेर फेसबुक रंगाउने रहरमा त्यहाँ पुगेका थिए तर प्रधानमन्त्री कार्यालयले सुरक्षाको कारण देखाउदै सबैको मोबाईल जफत गरिदिए पछि उनीहरुको सपना पुरा हुन् सकेन् । बाहिर निस्कनेहरुले फोटै खिच्च पाइएन् भन्दै गुनासो पोखेका थिए । बेलायती प्रधानमन्त्रीलाई नजिकबाट हेर्न र देख्न पाएका नेपालीहरुले बाहिर निस्केर प्रधानमन्त्री कार्यालयको मुख्यढोकामा शेल्फि खिचेर चित्त बुझाए ।