१४ असार २०८१, बिहीबार
Follow Us

२२ औं ‘गोर्खा कप’ ब्रिगेड ब्वाइज क्लबको पोल्टामा (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१४ जेष्ठ २०८१, सोमबार २२:४५

लण्डन । तमुधीं यूकेको आयोजनामा हरेक वर्ष आयोजना हुने फुटबल प्रतियोगिता ‘गोर्खा कप’ को उपाधि ब्रिगेड ब्वाइज क्लबको पोल्टामा परेको छ ।

अल्डरसटस्थित क्वीन्स एभेन्यूमा शनिबार भएको फाइनल खेलमा वाटरमेलन फुटबल क्लव (एफसी) लाई १–० ले हराउँदै ब्रिगेड व्वाइज क्लवले मुख्य विधाको उपाधि जित हासिल गर्न सफल भयो ।
ब्रिगेड व्वाइज क्लवले ३ हजार पाउण्डसहित शिल्ड र ट्रफी पुरस्कार प्राप्त गरेको छ । उपविजेता टिम वाटरमेलन एफसीले १ हजार ८०० पाउण्डको चेकसहित ट्रफी पायो ।

मुख्य विधामा राहुल लिम्बु सर्वाधिक गोलकर्ता भए भने कल हेच म्यान अफ द म्याच भए । उत्कृष्ट व्यवस्थापकको उपाधि वाटरमेलनका सन्देश गुरुङले पाए ।

उता ४० वर्ष माथिका खेलाडीहरुबीचको प्रतिष्पर्धा ९भेट्रान० मा पनि ब्रिगेड व्वाइज क्लवले जीत हासिल र्गयो । ब्रिगेड व्वाइजले फाइनलमा धरान ११ लाई २–० ले हराएको थियो ।


जीतसँगै ब्रिगेड व्वाइजले १ हजार ५०० पाउण्डको चेक र ट्रफी हात र्पायो । उपविजेता धरान – ११ ले १ हजार पाउण्डको चेक र ट्रफी पायो । भेट्रानतर्फ सर्वाधिक गोलकर्ता धरान ११ का दुर्गा लिम्बु भए भने उत्कृष्ट खेलाडी ब्रिगेड ब्वाइजका जगत गुरुङ भए । उत्कृष्ट व्यवस्थापकको उपाधि ब्रिगेड ब्वाइजका खोम गुरुङ भए ।

प्रतियोगितामा महिला फुटबलतर्फ गतवर्षकै विजेता रनडरबोल्ट एफसीले म खेल्छु एफसीलाई १–० ले हराउँदै यसवर्ष पनि उपाधि जित्यो । उसले ६०० पाउण्डको चेकसहित ट्रफी पायो । उपविजेता बनेको म खेल्छु एफसीले ४०० पाउण्डको चेक र ट्रफी पायो । वेष्ट प्लेयर म खेल्छु टीमकी एम्मा म्यारी मच भइन् ।

विजेता, उपविजेता, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट व्यवस्थापकलाई प्रमुख अतिथि रसमोर काउन्सिलका मेयर मारा माकुनुरा, विशेष अतिथि नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, बेलायतका रक्षा राज्यमन्त्री लियो डोकोर्टी, ब्रिगेड अफ गोर्खाजका कर्णेल, अल्डरसटस्थित क्यूओजीएलआरका गोर्खा मेजर, तमुधिँ यूके अध्यक्ष हरि गुरुङ र पुरस्कार प्रायोजकहरुले चेक, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।