१४ असार २०८१, बिहीबार
Follow Us

आरजु राणाको समितिले रवि लामिछानेलाई बोलायो

नेपालब्रिटेन संवाददाता
२४ जेष्ठ २०८१, बिहीबार १३:०४

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गाँजा खेतीबारे छलफल गर्न ४ मन्त्रीलाई बोलाएको छ । समितिको शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई मन्त्रालयका सचिवसहित बोलाइएको हो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव तथा सरोकारवालालाई बोलाइएको हो । अर्थमन्त्री पुनले गत १५ जेठमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा औषधिजन्य प्रयोगका लागि गाँजाको व्यवसायिक उत्पादन गर्ने उल्लेख छ ।