१४ असार २०८१, बिहीबार
Follow Us

राष्ट्रसङ्घीय समितिमा नेपालकी बन्दना राणा निर्वाचित

नेपालब्रिटेन डट कम्
२६ जेष्ठ २०८१, शनिबार २२:१४

न्यूयोर्क । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएका छन्। उनी उक्त पदमा पुनः निर्वाचित भएका हुन्।

शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा एक सय ४६ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार समाल्नेछन्।

नेपालको तर्फबाट विजयी भएपछि राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले सदस्य राष्ट्रहरूले गरेको सहयोगका लागि धन्यवाद दिए।

तेइस सदस्य रहने उक्त समितिले विश्वव्यापी रूपमा महिलाले भोग्नुपरेका समस्या, राष्ट्रसङ्घमा जनाइएका प्रतिबद्धता कार्यान्वयन लगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदबारे अनुगमन गर्ने गर्छ। उक्त समितिको कार्यालय जेनेभामा रहेको छ।