१४ असार २०८१, बिहीबार
Follow Us

फ्लोर क्रस गरेका देवकोटामाथि कारबाही हुने

नेपालब्रिटेन संवाददाता
२८ जेष्ठ २०८१, सोमबार १२:२५

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सभा संसदीय दलका नेता हरिबहादुर चुमानले ह्विप उलङ्घन गरेकोमा प्रदेशसभा सदस्य फणीन्द्र देवकोटामाथि कारबाही हुने बताएका छन । आज (सोमबार) मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा देवकोटाले मतदान गरेका थिए ।

दलको ह्विप उलङ्घन गरेकाले देवकोटामाथि कारबाही गरिने चुमानले जानकारी दिएका छन । उनले भने, ‘उहाँले दलको ह्विप उलङ्घन गर्नुभएको छ । संविधान र कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउँछौं ।

कारबाहीको जानकारी पार्टी केन्द्रलाई पनि दिनुपर्छ । कारबाहीको सबै प्रक्रिया पुरा भएपछि संसद् सचिवालयमा पेस गरिन्छ । कारबाही भएको कुरा सभामुखले संसदमा जानकारी दिएपछि पदमुक्त हुनुहुनेछ’ ।

देवकोटामाथिको कारबाही अप्ठ्यारो सम्बन्धमा प्रश्न गर्दा त्यसको कुनै अर्थ नभएको चुमानले बताएका छन ।प्रदेशसभामा माओवादीको सभामुखसहित ८ सिट रहेको छन ।

गएको निर्वाचनमा देवकोटा गोरखा २ (क) बाट निर्वाचित भएका थिए । चैत ३ गते नेपाल समाजवादी पार्टी विभाजन भएपछि माओवादीको चुनाव चिह्नबाट जितेका उनी बाबुराम भट्टराई समूहमा खुलेका थिए ।