१३ असार २०८१, बुधबार
Follow Us

नेदरल्याण्डसको युरोकपमा विजयी शुरुवात

नेपालब्रिटेन डट कम्
४ असार २०८१, सोमबार ०१:३४

काठमाडौँ । नेदरल्याण्डसले युरोकपमा विजयी शुरुवात गरेको छ । समुह डी अन्तर्गतको खेलमा आइतबार राति सम्पन्न खेलमा नेदरल्याण्डसले पोल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

१-० गोलले पछि परेको नेदरल्याण्डसले खेलमा कमब्याक गर्दै जित हासिल गरेको छ । नेदरल्याण्डसको जितमा कोडी गाक्पो र वोउट वेघोर्स्टले एक एक गोल गरेका थिए । यस अघि एडम बुकसाको गोलमा पोल्याण्डले शुरुवाती अग्रता लिएको थियो ।

यो जितपछि नेदरल्याण्डसले समुह डी मा महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।

अब नेदरल्याण्डसले अर्को खेल जुन २२ मा फ्रान्ससँग खेल्ने तालिका छ भने पोल्याण्डले जुन २१ मा अस्ट्रियासँग खेल्ने छ ।