१४ असार २०८१, बिहीबार
Follow Us

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि संगीता पहाडीसहित १७ जनाले दिए आवेदन

नेपालब्रिटेन संवाददाता
६ असार २०८१, बुधबार ०५:५१

काठमाडौँ । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २२ जेठमा खुलाएको दरखास्त आह्वानको अन्तिम दिन मंगलबारसम्म १७ जनाले आवेदन बुझाएको सञ्चार मन्त्रालयले जनाएको छ ।

नेपाल टेलिकमका तत्कालीन एमडी सुनील पौडेल गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा पक्राउ परेपछि गत माघदेखि टेलिकम निमित्तको भरमा सञ्चालन हुँदै आएको छ । टेलिकममा निमित्त प्रबन्ध निर्देशकका रूपमा संगीता पहाडी (अर्याल( ले कार्यभार सम्हाल्दै आएकी छन् । उनले पनि प्रबन्ध निर्देशकका लागि आवेदन दिएकी छन् ।

पहाडीसँगै टेलिकमकै विमल आचार्य, राजेश जोशी, अनन्त प्रकाश मल्लिक, प्रेमप्रसाद सिलवाल, कृष्णप्रसाद भण्डारी, लक्ष्मण महर्जन, सुवास साह, शालिकराम सुवेदी, कमल लामिछाने, केदारनाथ कोइराला, शालिकराम पराजुली र बुद्धिप्रसाद आचार्य छन् । टेलिकमबाहिरका चिन्तामणि बराल, अनिलकुमार झा, नागेन्द्रकुमार दास र रमेश प्रसाद जोशी पनि टेलिकमको नेतृत्व सम्हाल्न इच्छुक देखिएका छन् ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका संशोधन गर्दै सञ्चार मन्त्रालयले उमेर हद, शैक्षिक योग्यता, कार्य अनुभव र पद रिक्त हुने अवस्थासम्बन्धी प्रावधान थपघट गरेको थियो ।