१९ असार २०८१, मंगलवार
Follow Us

श्री बालेश्वरी देवीलाई बेलायतमा अन्तराष्ट्रिय अवार्ड

नेपालब्रिटेन डट कम्
१७ असार २०८१, आईतवार २३:४५

लण्डन । श्री बालेश्वरी देवीले बेलायतमा विश्वव्यापी प्रेरणा अवार्डद्धारा सम्मानित भएकी छन्। उनलाई इन्टरनेशनल ड्राइभरसिटी फोरमले गत महिना चेल्सीमा आयोजित समारोहमा उक्त अवार्ड प्रदान गरेको हो।

श्री बालेश्वरी देवीले हिलिङको माध्यमबाट मानिसहरुलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएकी छन्। उनको यो योगदानले धेरैलाई जीवनमा नयाँ आशा र प्रेरणा प्रदान गरेको छ। देवीले हिलिङको क्षेत्रलाई अगाडि बढाउँदै स्वास्थ्य सेवा र समुदायको सेवामा उत्कृष्टता देखाइरहेकी छन्।

उनीद्वारा प्रदान गरिएका सेवाहरुले स्थानीय समुदायमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि उनको ख्याति फैलाएको छ। यस सम्मानले उनको योगदानलाई थप प्रोत्साहित गरेको छ र आगामी दिनमा अझै उत्कृष्ट कार्यका लागि प्रेरित गरेको छ।

को हुन् श्री बालेश्वरी