२१ असार २०८१, बिहीबार
Follow Us

युरोकपमा आज रोमानिया र नेदरल्याण्डस भिड्दै

नेपालब्रिटेन संवाददाता
१९ असार २०८१, मंगलवार ०५:४५

काठमाडौँ । जारी युरोकप अन्तर्गत आज रोमानियाले नेदरल्याण्डसको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुदै छ ।

रोमानिया समुह ई मा ३ खेलमा एक जित एक बराबरी र एक हारसहित चार अंक बटुलेर शिर्ष स्थानमा रहदै नक आउट चरणमा पुगेको हो । रोमानियाले पहिलो खेलमा युक्रेनलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा बेल्जियमसँग २-० ले हरेको रोमानियाले तेस्रो खेलमा स्लोभाकियासँग १-१ गोलको बराबरी खेलेको थियो ।

त्यस्तै नेदरल्याण्डस भने समुह डी मा तेस्रो हुदै नक आउट चरणमा पुगेको छ । नेदरल्याण्डसले ३ खेलमा एक जित, एक बराबरी र एक हार बेहोरेको थियो । नेदरल्याण्डसले पहिलो खेलमा पोल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा फ्रान्ससँग गोलरहित बराबरी खेलेको नेदरल्याण्डसले तेस्रो खेलमा अस्ट्रियासँग ३-२ ले पराजित भएको थियो ।

अहिलेसम्म नेदरल्याण्डस र रोमानियाबीच कुल १३ खेल भएका छन् । जसमा नेदरल्याण्डसले ९ खेल जितेको छ भने रोमानियाले एक खेल जितेको छ । त्यस्तै ३ खेल बराबरी भएका छन् ।

रोमानिया छैटौं पटक युरोकप खेल्दै छ । रोमानियाको युरोकपमा उत्कृष्ट प्रदर्शन २००० मा क्वाटरफाइनलसम्म पुगेको थियो । त्यस्तै नेदरल्याण्डसले यो सहित ११औ पटक युरोकप खेल्दै छ भने अहिलेसम्मको नेदरल्याण्डसको उत्कृष्ट प्रदर्शन १९८८ मा युरोकपको उपाधि जितेको थियो ।