२९ असार २०८२, आईतवार
Follow Us

दोहोरी गायकद्धय चोलेन्द्र पौडेल र कला लम्साल लण्डनमा

नेपालब्रिटेन डट कम्
२४ असार २०८१, आईतवार ०८:१३

लन्डन। लोक तथा दोहोरी कलाकार चोलेन्द्र पौडेल र कला लम्साल बेलायत आइपुगेका छन्।

उनीहरू नेपालब्रिटेन डट कमको वार्षिक समारोहलगायत बेलायतमा विभिन्न संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा भाग लिन लन्डन आएका हुन्।

उनीहरू शनिबार, ६ तारिखमा लन्डनको हिथ्रो एयरपोर्ट आइपुग्दा हेम साइथ, कल्पना गुरुङ लगायतले स्वागत गरेका थिए।

लोकदोहोरीमा ख्यातिप्राप्त चोलेन्द्र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वकेन्द्रीय उपमहासचिव र कला वर्तमान केन्द्रीय सदस्य हुन्। गायिका लम्सालले आफ्नो पहिलो प्रस्तुति आइतवार अल्डरशटमा हुने पर्वत वेलफेयर सोसाइटी यूकेको कार्यक्रममा रहने बताएकी छन्। कलाकारद्वयले केही हप्ता बेलायतमै रहने बताएका छन्।

धेरै पढिएको