लन्डन — नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमणका लागि लन्डन आइपुग्नुभएको छ। बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको निमन्त्रणामा उहाँ बेलायत भ्रमणमा आउनुभएको हो।
लन्डनस्थित हिथ्रो विमानस्थलमा आइपुग्नुभएका जनरल सिग्देललाई मेजर जनरल द राइट अनरेबल द लर्ड ल्यान्कास्टर अफ किम्बोल्टनले स्वागत गर्नुभएको थियो।
भ्रमणका क्रममा नेपाल र बेलायतबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्ध तथा रक्षा साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
नेपाल र बेलायतबीच ऐतिहासिक रूपमा कायम रहेको रक्षा सहकार्यलाई अझ मजबुत बनाउने दिशामा जनरल सिग्देलको यो भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
