लण्डन । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि गोलीप्रहार भएको छ । पेन्सेल्भेनिया राज्यको बट्लरमा आयोजित एक चुनावी र्यालीलाई सम्बोधन गरिरहेको बेला उनीमाथि गोली प्रहार भएको हो । गोली उनको कानमा लागेको देखिएको छ र अनुहारमा रगत लतपत भएको दृश्य अमेरिकी टेलिभिजन च्यानलहरूले प्रसारण गरिरहेका छन् ।
सिक्रेट सर्भिसका अनुसार उनी सामान्य घाइते भएको छन् र उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । ट्रम्पका प्रवक्ताले उनी सकुशल रहेको बताएका छन् ।
गोली कसले प्रहार गरेको थाहा भएको छैन र अहिलेसम्म पनि कसैलाई पक्राउ गरिएको छैन ।
BREAKING: Additional footage of suspected shots being fired at Trump pic.twitter.com/o8CO5ElgOq
— The Spectator Index (@spectatorindex) July 13, 2024
गोली प्रहारको बारेमा विभिन्न अड्कलबाजीहरू सुरू भएका छन् । केअी अति ट्रम्पवाली रिपब्लिकनहरूले यो घटनाका लागि डेमोक्रेटिक पार्टी जिम्मेवार रहेको आरोप लगाइसकेका छन् । तर, केही ट्रम्प विरोधीहरूले भने यो चुनावी हत्कण्डा भएको बताउँदै सहानुभूतिका लागि ट्रम्पवादीहरूले नै यो द्दटना द्दटाएको हुनसक्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनलाई घटनाका बारेमा जानकारी दिइएको छ । तर, यो समाचार लेखिरहेको बेलासम्म ह्वाइट हाउसले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।
डेमोक्रेटिक र रिपब्लिकन पार्टीका सिनेटर, सांसद र अन्य नेताहरूले घटनाको कडा शव्दमा भत्सर्ना गरेका छन् । उनीहरूले यो किसिमको हिंसा अमेरिकी चरित्र नहुने बताएका छन् । उनीहरूले सबैलाई संयम हुन आग्रह गर्दै ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
रिपब्लिकन पार्टीका राष्ट्पतिका उम्मेद्वार ट्रम्पमाथि भएको यो गोली प्रहारले अमेरिकी राजनीतिमा नया तरंग ल्याएको छ ।