१४ श्रावण २०८२, बुधबार
Follow Us

पहिलो महिला मुख्य सचिव गडतौलालाई प्रधानमन्त्रीले दिए बधाई

नेपालब्रिटेन संवाददाता
१० श्रावण २०८१, बिहीबार १४:०८

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो महिला मुख्य सचिव लीलादेवी गडतौलालाई बधाई दिएका छन् । सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै प्रधानमन्त्री ओलीले बधाई तथा शुभकामना दिएका हुन् ।

उनले लेखेका छन्, ‘देशभरको कर्मचारी प्रशासनको नेतृत्व पहिलो पटक महिलालाई ! आजको मन्त्रिपरिषद् बैठकले सरकारको मुख्य सचिवमा लीलादेवी गडतौलालाई नियुक्त गरेको छ। नवनियुक्त मुख्यसचिव लीलादेवी गडतौलालाई बधाई !!’

आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको मुख्य सचिवमा गडतौलालाई नियुक्त गरेको थियो।

धेरै पढिएको