ताजा खबर
१७ जना डीआईजीमा बढुवा सिफारिस
काठमाडौं। बुधबार राति नायब महानिरिक्षक-डीआईजीको रिक्त १७ दरबन्दीका लागि बढुवा सिफारिस भएको छ। बढुवा समितीले १५ महिना जुनियर ४ जना एसएसपीहरुलाई सिफारिस गरेको छ। हिजो अबेर बसेको गृह मन्त्रालयको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो। बढुवा सिफारिसको पहिलो नम्बरमा वसन्तबहादुर कुँवर हुनुहुन्छ ।
दोस्रोमा टेकप्रसाद राई र तेस्रोमा अशोक सिंह रहनुभएको छ । यस्तै दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकप्रसाद तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाललाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ।
यस्तै बढुवाका लागि सिफारिस हुनेमा रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहेका छन्।

