लण्डन । बेलायतको लागि नेपाली राजदूतमा चन्द्र घिमिरे नियुक्त भएका छन् । उनी पूर्व उद्योग सचिव हुन् । यसअघि प्रचण्ड सरकारले एमालेको सिफारीसमा अमेरिकाको लागि राजदूत नियुक्त गरेको थियो ।
मन्त्रिपरिषदको बैठकले विभिन्न देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने र केही देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । साेमबार बसेकाे मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।
सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, दक्षिण कोरिया, कतार, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, रुस, चीन, डेनमार्क, पाकिस्तान,अस्ट्रेलिया, मलेसिया, साउदी अरब, इजरायल, जर्मनीका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेकाे छ।
मन्त्री मन्त्रिपरिषद बैठकले चीनमा विष्णपुकार श्रेष्ठ, अमेरिकामा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, मलेसियामा डा. नेत्र तिमल्सिना सिफारिस भएका छन् । त्यस्तै भारतका लागि नेपाली राजदूतमा भने शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
राजदूतको सूची यस्तो छ
भारत– शंकर शर्मा
अमेरिका– लोकदर्शन रेग्मी
चीन– कृष्णप्रसाद ओली
बेलायत– चन्द्रप्रसाद घिमिरे
जर्मनी– शैल रुपाखेती
साउदी अरब– नरेशविक्रम ढकाल
इजरायल– धनप्रसाद पण्डित
दक्षिण अफ्रिका– कपिलमान श्रेष्ठ
दक्षिण कोरिया– शिवमाया तुम्बहाम्फे
पोर्चुगल– प्रकाशमणि पौडेल
पाकिस्तान– रिता धिताल
अस्ट्रेलिया– कान्ता रिजाल