लण्डन । दक्षिण कोरियाको भ्रमणमा रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त्यहाँस्थित नेपाली समुदायको बारेमा जानकारी लिएका छन् ।
नेपाली जनसम्पर्क समितिको भेलामा भागलिन कोरिया पुगेका थापाले दक्षिण कोरियाका लागि कार्यबाहक राजदुत पुष्पराज भट्टराईसंग आम नेपाली समुदायको अवस्थाको बारेमा मंगलवार छलफल गरेका हुन् ।
भेटमा राजदुत भट्टराईले कोरियामा रहेका नेपालीहरुको पछिल्लो अवस्थाको बारेमा थापालाई अवगत गराएका थिए । थापाले कोरियामा कार्यरत नेपाली श्रमिकहरुको आर्थिक, सामाजिक तथा व्यक्तिगत सुरक्षा लगायतको बारेमा राजदुतसंग छलफल गरेका थिए ।
भेटमा युवा नेता प्रताप पौडेल, नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।