१५ श्रावण २०८२, बिहीबार
Follow Us

काँग्रेसमा हिन्दूवादी सदस्यहरूको छुट्टै बैठक

नेपालब्रिटेन संवाददाता
२२ श्रावण २०८१, मंगलवार १३:५२

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठकको पूर्वसन्ध्यामा छुट्टै बैठक बसेको छ । काँग्रेस केन्द्रीय कार्य समितिको बैठक बुधबारदेखि सुरु हुँदैछ । काँग्रेसका हिन्दूवादी केन्द्रीय सदस्यहरूको बैठक चावहिलस्थित स्मार्ट महलमा बसेको थियो ।

बैठकमा नेपाली काँग्रेस हिन्दू राष्ट्र स्थापना महाअभियानका संयोजक एवं केन्द्रीय सदस्य शंकर भण्डारी अन्य केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, सुजाता परियार, देवेन्द्रराज कँडेल, डिला सङ्ग्रौला, किरणराज पौडेल, मदन अमात्य, चदुर के. सी., चम्पादेवी खड्का, रंगमति शाही, दिनेश कोइराला, विद्य्यादेवी तिमिल्सेना, सितादेवी देवकोटा र शारदा पौडेल सहित १४ जना केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।

हिन्दूवादी केन्द्रीय सदस्यहरूले महासमिति बैठकमा महासमिति सदस्यहरूले हस्ताक्षर गरेको हिन्दू राष्ट्र स्थापनाको एजेण्डालाई पार्टीले प्राथमिकता राख्नुपर्नेमा जोड दिएका थिए । बैठक पछि सञ्चारकर्मीहरूसँग सक्षिप्त कुराकानी गर्दै के.स. भण्डारीले हिन्दू राष्ट्र स्थापनाको एजेण्डालाई पार्टीले प्राथमिकतामा राख्नेमा आफू विश्वस्त रहेको बताएका थिए ।

धेरै पढिएको