३२ असार २०८२, बुधबार
Follow Us

पोर्चुगलमा राहदानी बनाउन नेपालीको घुइँचो

नेपालब्रिटेन संवाददाता
२४ श्रावण २०८१, बिहीबार १३:४२

काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा सञ्चालित राहदानीसम्बन्धी ‘घुम्ती शिविर’ मा राहदानी बनाउने सेवाग्राही नेपालीको घुइँचो लागेको छ । गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको कार्यालयमा सञ्चालित शिविरमा दैनिक करिब ४०० को हाराहारीमा नेपाली सेवाग्राहीको भीड हुने गरेको छ ।

राहदानी विभाग काठमाडौं र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले गत शुक्रबारबाट सेवा दिन सुरु गरेको शिविरमा दुई हजार भन्दा बढीको विद्युतीय राहदानी (ई–पासपोर्ट) ‘बायोमेट्रिक’ विवरण सङ्कलन गरिएको टोलीले जनाएको छ ।

धेरै पढिएको