काठमाडौं । प्रहरीले १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । प्रकाउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका–२ बस्ने २१ वर्षीय रामकृष्ण श्रेष्ठ रहेका छन ।
श्रेष्ठलाई बुधबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । रामकृष्णले ती बालिकालाई ललाई फकाई प्रलोभन देखाई मंगलबार राति आफ्नै घरभित्र लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।