लण्डन । आफ्नै श्रीमतिलाई बेपत्ता पारेको अभियोगमा अमेरिकाको प्रहरीले एक जना नेपालीलाई पक्राउ गरेको छ । भर्जिनिया राज्यको मनासस पार्कबाट २८ वर्षीया ममता काफ्ले २२ दिनअघि बेपत्ता भएकी हुन् । तर हालसम्म पनि उनी कहाँ छन् भन्ने पत्ता लागेको छैन ।
अमेरिकामा कार्यरत ममता काफ्ले वेपत्ता भएको २३ औँ आज विहिवार प्रहरीले उनका श्रीमान नरेश भट्टलाई पक्राउ गरेको हो ।
काफ्ले सम्पर्कविहीन भएको ५ दिनपछि मात्र उनले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले दुई हप्ताभन्दा बढी समय सबै स्रोत साधन परिचालन गरेर खोजी गर्दा पनि उनको अवस्था अज्ञात छ । हिजो साँझ प्रहरीले उनका श्रीमानलाई हत्याको आशंका र अनुसन्धानमा सहयोग नगरेको बताएको थियो ।