काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीमा मुद्दा चलाउनुपर्ने रायसहित उच्च सरकारी वकिलको कार्यालयले महान्यायाधिवक्ता कार्यालयमा फाइल पठाएको छ । आइतबार उच्च सरकारी वकिलको कार्यालय पाटनले सर्वोच्चमा पुनरावेदन गर्नुपर्ने रायसहितको प्रतिवेदन र फाइल आइपुगेको महान्यायाधिवक्ता कार्यालय उच्च स्रोतले जानकारी दिएको छ ।
उच्च अदालत पाटनबाट सफाइ दिने निर्णय त्रुटिपूर्ण भएकाले बदर भई बलात्कारमा हदैसम्मको कैद, जरिवाना र क्षतिपूर्ति भराउने फैसला हुनुपर्ने माग पुनरावेदनमा गरिएको छ। यसअघि साउन ११ गते पीडित गौशाला २६ ले लामिछाने विरुद्धको मुद्दा अघि नबढाइदिन आग्रह गर्दै निवेदन दर्ता गराएकी थिइन ।
उनको निवेदनलाई पनि साथै राख्दै लामिछानेविरुद्ध एक तहमाथि (सर्वोच्च) जानुपर्ने आधारहरू रहेको दाबी उच्च सरकारी वकिल कार्यालयको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले लामिछानेको फाइल महान्यायाधिवक्ता कार्यालय आएको बारे आफू अपडेट नभएको र प्राप्त भएको भए प्रक्रिया अघि बढेर सर्वोच्चमा दर्ता गर्ने वा नगर्ने बारे निर्णय हुने जानकारी दिएका छन ।
यदि महान्यायाधीवक्ताले सर्वोच्चमा दर्ता गर्ने निर्णय गरे भने उनी विरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन हुनेछ । रूपमा पीडित गाडीमा गई बसेको, नगरकोट जाँदा समेत पीडितले कुनै प्रतिकार नगरेको र प्रतिवादीले नगरकोटबाट पीडितलाई ‘चाँडै जाउ, तिम्रो होस्टेल बन्द हुन्छ’ भन्दा ‘होस्टेल जुनसुकै बखत खुला हुन्छ’ भनी प्रतिवादीलाई विश्वास दिलाएको र नगरकोटको होटल प्रतिवादी (सन्दीप)ले बुक गराएको भन्ने तथ्य पुष्टि नभएको जस्ता आधारमा टेकेर अदालतले सन्दीपलाई सफाइ दिएको थियो ।