१४ आश्विन २०८२, मंगलवार
Follow Us

२५ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

नेपालब्रिटेन संवाददाता
२० भाद्र २०८२, शुक्रबार ०५:५५

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा रु दुई. हजार पाँच सय रुपैयाँले बढेर रु. दुई लाख १० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला रु. दुई लाख सात हजार ९०० कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर रु. दुई हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला रु दुई हजार ४८० कायम भएको थियो ।

धेरै पढिएको