१९ भाद्र २०८२, बिहीबार
Follow Us

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलतः गगन थापा

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०८२, बिहीबार १३:१६

काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलत भएको बताएका छन । आज (बिहिबार) सरकारले कानुनबमोजिम दर्ता प्रक्रियामा नआएका सञ्जालहरुलाई बन्द गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयको महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत विरोध जनाएका हुन । सरकारले निर्णय पुनर्विचार गर्नुपर्ने समेत थापाले बताएका छन ।

कांग्रेस महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन, ‘सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन प्रसारण हुने अनिच्छित सामग्रीको मूल्याङ्कन, अनुगमन, जिम्मेवार बनाउन, दुरुपयोगलाई निरुत्साहित बनाउनलाई कानुनी प्रबन्ध गर्न भनेको छ, ‘यसको हवाला दिँदै निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने होइन बरु आवश्यक कानुन छिटो बनाउने हो ।

सामाजिक सञ्जाल सम्बन्धित कानुन राष्ट्रिय सभामा विचाराधीन छ, त्यसमा छिटो काम गरेर उपयुक्त कानुन निर्माण गरौँ ।’ उनले सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्नको लागि सम्बन्धित कानुनलाई छिटो निर्माणमा तदारुकता देखाउन समेत सरकारसँग आग्रह गरे ।

धेरै पढिएको