३० असार २०८२, सोमबार
Follow Us

चुनाव हारेकी चित्रलेखालाई अष्ट्रेलियाको राजदूत बनाइँदै

नेपालब्रिटेन संवाददाता
२४ भाद्र २०८१, सोमबार ०५:४७

काठमाडौं । काँग्रेसले पार्टी केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस गर्ने तयारी गरेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले यादवलाई राजदूत नियुक्तिका लागि आगामी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरेको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ ।

यसअघि अष्ट्रेलियाका लागि राजदूत कान्ता रिजाललाई राजदूतमा सिफारिस गरेको थियो । तर, यसअघि इजरायलका लागि राजदूत भएका बेला लगेको सहयोगी उतै छाडेर आएको खुलासा भएपछि परराष्ट्र मन्त्रालयले रिजाललाई नियुक्तिको प्रक्रिया नै अगाडि बढाएन । काँग्रेस केन्द्रीय सदस्य यादव पुनर्स्थापित प्रतिनिधि सभाको उपसभामुख र पूर्वशिक्षा मन्त्री हुन् ।

उनी २०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जसपा नेपालका राजकिशोर यादवसँग पराजित भएकी थिइन् । राजकिशोर हाल प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति छन् ।

धेरै पढिएको