काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं समाजसेवी मिङ्मा शेर्पाले आगलागी पीडित परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
युवा व्यवसायी समेत रहेका शेर्पाले संखुवासभाको धर्मदेवी नगरपालिको केन्द्र मुढेवजारका आगलागी पीडित रुद्र जिमीलाई रू ५० हजार आर्थिक सहयोग गरेका हन् । वैषाख २० गते जिमीको घर आगलागीबाट पूर्ण क्षति भएको थियो ।
उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्को जिल्ला भ्रमण टोलीमा संखुवासभा पुगेका समाजसेवी शेर्पाले आगलागी पीडित जिमीलाई आर्थिक सहयोग गरेकन हुन । दिन दुखीको सुख दुखका सारथी बन्दै आएका शेर्पाले दैविक तथा प्रकृतिक विपत्तिमा परेका सयौ परिवारलाई सहयोग पुर्याएका छन ।
उनले जिल्ला र जिल्ला बाहिरका सामाजिक संघ सस्थालाई ठूलो सहयोग गर्दै आएका छन् । स्वेदेश तथा विदेशमा ख्याति कमाएका शेर्पाको योगदानलाई राज्यले समेत कदर गरेर दर्जानौ पटक सम्मान गरेको छ । राजनीति,समाजसेवा, पर्यटन व्यवसाय लामोसमय देखि सकृय शेर्पा विश्व कीर्तिमानी आरोही हुन ।