१८ असार २०८३, बिहीबार
Follow Us

बुहारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा ससुरा पक्राउ

नेपालब्रिटेन संवाददाता
१८ असार २०८३, बिहीबार ०४:०९

सप्तरी । सप्तरीमा आत्महत्या दुरुत्साहन मुद्दामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–४ सिलहट प्रसाहीका ४० वर्षीय रामेश्वर राम रहेको जनाएको छ ।

प्रहरीका अनुसार बोदेबरसाईन नगरपालिका–४ सिलहट प्रसाहीकी सरस्वती राम २०८३ असार १२ गते राति आफ्नै घरको सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको शव असार १३ गते बिहान करिब ६ बजे फेला परेको थियो।

घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका रामेश्वर रामले आफ्नै बुहारीमाथि पटक-पटक यौन दुर्व्यवहार गर्ने गरेको र गाउँमा थाहा भएपछि पंचायतमा बयान फेर्न दबाब दिएको आरोप छ ।

प्रहरीका अनुसार उनले मृतकलाई बयान नफेरे हत्या गर्ने धम्कीसमेत दिएको खुलेको छ । उनको धम्कीका कारण सरस्वती आत्महत्या गर्न बाध्य भएको आरोपमा रामेश्वरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

धेरै पढिएको