काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र उनकी श्रीमती सोनी सिन्धु रानीले प्रहरीसँग छुट्टाछुट्टै सुरक्षा माग गरेका छन । सिके राउतले केही दिनअघि श्रीमती रानीबाट असुरक्षित भएको भन्दै प्रहरी प्रभाग इमाडोलमा निवेदन दर्ता गराइ सकेका छन ।
श्रीमती रानीले पनि आफू श्रीमानबाटै असुरक्षित भएको भन्दै बिहीबार प्रहरी वृत्त सातदोबाटोमा पुगेकी प्रहरी वृत सातदोबाटले जनाएको छ । उनीहरू दुबै जनाले एकअर्काबाट असुरक्षित भएको भन्दै निवेदन दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन ।
यसरी निवेदन आएपछि यसबारे दुबै पक्षसँग छलफल गरी सुरक्षाको प्रत्याभूति गराउने एसपी सुवेदीले जानकारी दिएका छन । राउत ललितपुरको महालक्ष्मी नगरपालिका– ४ इमाडोलमा बस्छन् ।