२७ बैशाख २०८१, बिहीबार
Follow Us

आरोपपत्र दायर

नेपालब्रिटेन डट कम्
४ जेष्ठ २०७४, बिहीबार १४:०५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी लेखापाल पदमा नियुक्त भई भ्रष्टाचार गरेकाले छत्रेश्वर माध्यमिक विद्यालय, फलेडी डोटीका लेखापाल दीपकराज जोशीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।
अनुसन्धानका क्रममा उनले लेखापाल पदमा नियुक्ति हुँदा प्रविणता प्रमाणपत्र तह वाणिज्यशास्त्रको नक्कली प्रमाणपत्र पेस गरेको फेलापरेपछि उनीविरुद्ध आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।